एमालेका ५ सांसदहरुले खाली कागजमा हस्ताक्षर गर्न मानेनन्
काठमाडौं । नेकपा एमालेका पाँच सांसदहरुले खाली कागजमा हस्ताक्षर गर्न अस्वीकार गरेका छन्। उनीहरुले प्रयोजन नखुलाइ हस्ताक्षर गर्न अस्वीकार गरेका हुन्।
एमालेको सोमबार बसेको संसदीय दलको बैठकमा सांसद्हरुको हस्ताक्षर संकलन गरिएको थियो। तर, आफूसहित पाँच जना सांसदहरुले हस्ताक्षर नगरेको झपट रावलले जानकारी दिए।
हस्ताक्षर नगर्नेहरुमा सांसदहरू घनश्याम भुसाल, भीमबहादुर रावल, दीपकप्रकाश भट्ट, पवित्रा निरौला खरेल र झपटबहादुर रावल छन्।