सभामुखको आह्वानमा सर्बदलीय बैठक बस्दै

निरन्तर न्यूज
२ फाल्गुन २०७८, सोमबार ०९:५०

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आज सोमबार दिउँसो २ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएसँगै पछिल्ला राजनीतिक घटनाक्रमको विषयमा छलफलका लागि सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएको उनका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।

प्रधानन्यायाधीश जबराविरुद्ध सत्तारूढ दलका सांसदहरुले आइतबार बिहान सवा १० बजे सिंहदरबारस्थित संसद् सचिवालयमा महाभियोगको प्रस्ताव दर्ता गराएका थिए ।

प्रस्तावमा प्रधानन्यायाधीश राणालाई कार्यक्षमता नभएको अभियोग लगाइएको छ । सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेका अनुसार सो महाअभियोगको प्रस्तावक नेकपा (माओवादी केन्द्र) का देवप्रसाद गुरुङ, नेपाली कांग्रेसका डा पुष्पा भुसाल र नेकपा ९एकीकृत समाजवादी०का जीवनराम श्रेष्ठ छन् ।

यस्तै समर्थकमा नेपाली कांग्रेसका डा मीनेन्द्र रिजालसहित ९५ सांसद छ्न् । यता सोमबार बोलाइएको प्रतिनिधिसभाको बैठक भने यही फागुन ४ गते बुधबारका लागि सारिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*