जबराविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता भएको सूचना सर्वोच्च अदालतलाई जानकारी

निरन्तर न्यूज
१ फाल्गुन २०७८, आईतवार १३:३४

काठमाडौ । संघीय संसद सचिवालयले प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको सर्वोच्च अदालतलाई पठाउँदै छ ।

सचिवालयमा आइतबार कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) का सांसदहरूले प्रधानन्यायाधीस जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका छन् ।

महाअभियोग प्रस्ताव दर्ता भएसँगै जबरा निलम्बनमा परेका छन् । यसबारे सचिवालयले सर्वोच्च अदालतलाई जानकारी दिन लागेको हो । सचिवालयमा अहिले पत्र तयार पारिँदै छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*