समाजवादी प्रेस संगठन मकवानपुरको अध्यक्षमा चौलागाईं चयन
हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठन नेपाल मकवानपुरको अध्यक्षमा शिव चौलागाईं चयन भएका छन्। शनिबार हेटौंडामा सम्पन्न प्रथम भेलाले चौलागाईंको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो ।
चौलागाई नेतृत्व संगठन मकवानपुर उपाध्यक्षमा गोविन्द न्यौपाने र मञ्जु पुडासैनी,सचिवमा पुष्कर गोले,कोषाध्यक्षमा राजु बस्नेत, सहसचिवमा विकल्प चौलागाईं तथा कार्यसमिति सदस्यहरुमा शंकर लामा,शुक्र अतित, सिर्जना सत्याल, स्वस्तिका राई, श्रीकृष्ण पुडासैनी, पवन चेपाङ र गीता बानियाँ रहेका छन् ।