स्थानीय निर्वाचनमा पूर्व सुरक्षाकर्मी सिधै म्यादी प्रहरी हुने
काठमाडौं । गृहमन्त्रालयले आसन्न स्थानिय निर्वाचनको सुरक्षाका लागि १० वर्षभित्र अवकाश भएका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र गोर्खा सैनिकलाई म्यादी प्रहरीका रुपमा खटाउने निर्णय गरेको छ। इच्छुक पूर्व सुरक्षाकर्मीलाई म्यादीको रुपमा खटाउनको लागि तालिम दिइराख्नु नपर्ने भन्दै मन्त्रालयले यस्तो तयारी गरेको हो।
सबै सुरक्षा निकायलाई चुनावी सुरक्षाका लागि योजना तयार गर्न भनिसकेको गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोख्रेलले जानकारी दिए। चुनावको सुरक्षाका लागि १० वर्षभित्र अवकाश भएका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र गोर्खा सैनिकलाई पनि खटाउने निर्णय भएको छ।
‘उनीहरुलाई खटाउँदा तालिम दिइरहनु परेन। भर्ना गरेर सिधै ड्युटीमा पठाउँदा भयो। २०७४ को चुनावका म्यादीलाई पनि बोलाउँछौँ,’ प्रवक्ता पोख्रेलले भने, ‘जतिसक्दो कम नयाँ म्यादी भर्ना गर्ने लक्ष्यअनुसार योजना बनाउन निर्देशन दिइएको छ।’
१० वर्षयता अवकाश पाएका र चुनावमा खटिन तयार रहेका कति जनशक्ति छन्, उनीहरुको आँकडा पेस गर्न पनि गृह मन्त्रालयले सबै सुरक्षा निकायलाई निर्देशन दिएको छ।
१० वर्षयता अवकाश पाएका र चुनावमा खटिन तयार रहेकाहरुकोआँकडा पेस गर्न पनि गृह मन्त्रालयले सबै सुरक्षा निकायलाई निर्देशन दिएको छ।
यसअघि म्यादी प्रहरीमा भर्ना भएका जनशक्तिको सम्पर्क लगायतका विवरण जिल्ला प्रहरी कार्यालयमा राखिएको थियो। उनीहरुलाई सम्पर्क गर्ने र आगामी चुनावमा खट्न सक्नेनसक्नेबारे जानकारी लिने काम भइरहेको छ।
अवकाशप्राप्त र पूर्वम्यादीको विवरणपछि मात्रै नयाँ भर्ना गरिने म्यादीको संख्या टुंगो लाग्ने गृह मन्त्रालयले जनाएको छ। अब बस्ने सुरक्षा समितिको बैठकले कति म्यादी भर्ना गर्ने भन्ने टुंगो लगाउने गृह मन्त्रालयले जनाएको छ।
यस्तै, गृह मन्त्रालयको निर्देशनअनुसार १० वर्ष भित्रमा अवकाश भएका प्रहरी र २०७४ को चुनावमा भर्ना गरिएका म्यादी प्रहरीलाई पनि सम्पर्क गरेर विवरण संकलन गर्न सुरु गरिएको छ।
गृह मन्त्रालयको निर्देशनपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले आवश्यक तयारी सुरु गरेका छन्। अवकाशप्राप्त र पूर्वम्यादीको विवरणपछि मात्रै नयाँ भर्ना गरिने म्यादीको संख्या टुंगो लाग्ने गृह मन्त्रालयले जनाएको छ।
अब बस्ने सुरक्षा समितिको बैठकले कति म्यादी भर्ना गर्ने भन्ने टुंगो लगाउने गृह मन्त्रालयले जनाएको छ।