‘क्रान्तिकारी’ नेताहरू एमसीसी र सरावको शिशी बोक्नमै मस्त : बाबुराम भट्टराई
काठमाडौ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपाल (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले दाङको घोराही उपमहानगरपालिकामा समेत खानेपानीको असुविधाप्रति व्यंग्य गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा बुधबार ग्रामीण महिलाहरूले गाग्रीमा पानी बोकेको तस्बिर राख्दै अध्यक्ष भट्टराईले व्यंग्य गरेका हुन् ।
उनले लेखेका छन्, ‘खानेपानीसमेत घरघरमा पुर्याउन नसक्ने र महिलालाई बज्यैको पालामा झैं तीनघण्टा थाप्लोमा गाग्री बोक्न लगाउने ‘उपमहानगरपालिका’(दाङ घोराही) रे !’
अध्यक्ष भट्टराईले क्रान्तिकारी भनिने नेताहरू एमसीसी र सरावको शिशी बोक्नमै मस्त रहेकाेले त्यतापट्टी ध्यान नदिएको तर्क गरेका छन् ।
उनले भने, ‘‘क्रान्तिकारी’ नेताहरू चाहिं MCC र शराबको शिशी बोक्नमै मस्त ! अनि आउने भो ‘समाजवाद’ ! जुन गोरूको सिंग छैन उसको नाम तीखे ! Shame!Shame!’