थापासँगै यी नेताले छाडे राप्रपा

निरन्तर न्यूज
२६ माघ २०७८, बुधबार १३:२८

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष कमल थापा पार्टीबाट अलग भएपछि यो पार्टी छाड्नेको लहर सुरु भएको छ।

थापाले पार्टी परित्याग घोषणा गरेको भोलिपल्ट बुधबार बिहान राप्रपाका संस्थापक सदस्यद्वय चन्द्र गुरुङ र उद्धव पौडेलले पार्टी छाडिएकाे घोषणा गरेका हुन्।

गुरुङले बुधबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘राप्रपामा बस्दाको पल सदैव अविष्मरणीय रहनेछ। आजैदेखि राप्रपासँगको संलग्नतालाई अन्त्य गर्दछु। सबैलाई शुभकामनासहित धन्यवाद व्यक्त गर्दछु। सबै को जय होस्!’

नेता उद्धव पौडेलले पनि पार्टी छाडेका छन् । उनले बुधबार विहान फेसबुकमा स्टाटस लेखेर पार्टीबाट अलग हुने घोषणा गरेका हुन् ।

उनले आफूले राप्रपालाई एकतावद्ध बनाउन धेरै प्रयास गरेको तर असफल भएको उल्लेख गरेका छन् । ‘राप्रपालाई एकतावद्ध बनाउने मेरो भगिरथ प्रयास असफल भएको छ । असफल विद्यार्थीको रुपमा अत्यन्तै दुखी र भावुक छु । राप्रपामा बस्दाको पल सदैव अविष्मरणीय रहनेछ, आजैदेखि राप्रपासँगको संलग्नता अन्त्य गरेको छु’ पौडेलले लेखेका छन् ।

राप्रपामा कमल थापा निकट भनेर चिनिएका पौडेल पूर्व कोषाध्यक्ष पनि हुन् । तर गत मंसिरमा भएको महाधिवेशनमा उनले कुनै पनि पदमा उम्मेदवारी दिएका थिएनन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*