कमल थापाले त्यागे राप्रपा (बिज्ञप्तीसहित)
हेटौंडा । गृहनगरमा आएर राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
मंगलबार हेटौंडाको एक होटलमा पत्रकार सम्मेलनको आयोजना गरि थापाले पार्टी परित्यागको घोषणासहित बिज्ञप्ती मार्फतसमेत जानकारी गराएका छन् ।
पार्टी परित्याग कार्यक्रममा थापाले पार्टीभित्र आफ्नो सुनुवाइ नहुने भएको भन्दै अप्रिय निर्णय लिन परेको पत्रकार सम्मेलनमा थापाले बताए।
थापाले आफ्नो राजनीति जीवनको करिब ३१ वर्ष राप्रपामा विताएका बताउँदै नयाँ दल खोल्ने विषयमा आन्तरिक छलफलको क्रममै रहेको उनले बताए ।
पार्टी परित्याग घोषणा गरेसँगै थापाले फेसबुकमा यस्तो लेखेका छन् ।
“अत्यन्त भारि मन तथा पिडावोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय गरेको छु ।३१ वर्ष राप्रपामा रहँदा विताएका क्षणहरु प्रति म सदैव गौरव गरि रहने छु । राप्रपाका कुनै साथीहरुसँग मेरो वैरभाव छैन । सबैको भलो होस् भन्ने कामना गर्दछु “