मतदाता नामावली संकलन रोकियो, कति पुगे मतदाता ?

निरन्तर न्यूज
२५ माघ २०७८, मंगलवार ०८:४४

काठमाडौ । स्थानीय तहको निर्वाचन घोषणा भएसँगै आज मंगलबारबाट निर्वाचन आयोगले मतदाता नामावली संकलन स्थगित गरेको छ ।

आयोगकाे प्रारम्भिक तथ्यांकअनुसार हालसम्म संकलित मतदाताको संख्या एक करोड ९० लाख पुगेको छ । चुनाव घोषणा भएपछि निर्वाचन आचार संहिताअनुसार मतदाता नामावाली संकलन कार्य रोक्न र हालसम्मका सबै विवरण पठाउन निर्देशन दिएको आयोगका प्रवक्ता शालिकराम शर्माले जानकारी दिए ।आयोगले मतदाता नामावली प्रकाशनको तयारी गरेको छ ।

कानुनी व्यवस्थाअनुसार निर्वाचनको मिति घोषणापछि मतदाता नामावली संकलन गर्न पाइँदैन। सोहीअनुसार आयोगले उक्त कार्य रोकेको हो। निर्वाचनको मिति घोषणा भएपछि सोमबार दिउँसो आयोगमा बैठक बसेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*