प्रधानमन्त्रीको सन्चार बिज्ञमा बिरही नियुक्त

निरन्तर न्यूज
२५ माघ २०७८, मंगलवार ०८:२८

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाको सञ्चारविज्ञमा यम विरही नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पत्रकार विरहीलाई प्रधानमन्त्रीको सञ्चारविज्ञ नियुक्त गरेको हो।

देउवाले सचिवालय विस्तारको क्रममा विरहीलाई सञ्चार विज्ञमा नियुक्त गरेका हुन् । बागलुङ घर भएका पत्रकार विरहीले लामो समयदेखि काठमाडौंमा बसेर पत्रकारिता गर्दै आएका छन्। उनी बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराका स्थायी बासिन्दा हुन्।

सचिवलयको प्रमुख स्वकीय सचिवमा भानु देउवा, प्रेस सल्लाहकारमा गोविन्द परियार, आईटीविज्ञमा दीपेश विष्ट, भाषण, मन्तव्य तथा वक्तव्यविज्ञमा किरण गजुरेल नियुक्त भइसकेका छन् ।

यस्तै, प्रशासनिक सल्लाहकारमा जनार्दन नेपाल र स्वास्थ्य सल्लाहकारमा आरपी विच्छालाई नियुक्त गरिएको छ ।

अब चाँडै नै राजनीतिक, आर्थिक, परराष्ट्र र जनसम्पर्क हेर्ने सल्लाहकारमा नियुक्तिको तयारी गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*