प्रदेश १ मा पनि १४ सदस्यीय जम्बो मन्त्रीमण्डल बिस्तार
मोरङ । प्रदेश १ मन्त्रिपरिषद् सदस्य सङ्ख्या १४ पुगेको छ । मुख्यमन्त्री राजेन्द्र राईले नियुक्तिको तीन महिनापछि आठ जना मन्त्री थप गर्दै मन्त्रिपरिषद् सदस्य सङ्ख्या १४ पुर्याएका हुन् ।
पाँच दलीय गठबन्धन सरकारमा नेपाली काङ्ग्रेसबाट पाँच, नेकपा एसबाट चार, माओवादी केन्द्रबाट तीन र जसपाबाट एक जना मन्त्री छन् । सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट एक जना राज्यमन्त्री छन् ।
आइतबार बिस्तारित मन्त्रीमण्डलमा काङ्ग्रेसबाट ओमप्रकाश सरावगी, प्रकाशप्रताप हाङगाम र शेखरचन्द्र थापा, नेकपा एसबाट खिनु लङ्वा लिम्बु, राजन राई र उपेन्द्र घिमिरे मन्त्री बनेका छन् । माओवादी केन्द्रबाट झलकसिंह दर्लामी मगर र रामकुमार राई मन्त्री बनेका छन् ।