एमाले मधेस कमिटले तीन जिल्लामा अधिवेशन मिति तोक्याे
जनकपुर । नेकपा एमालेको जिल्ला अधिवेशन हुन बाँकी मधेस प्रदेशका तीन जिल्लाको अधिवेशन फागुनमा गरिने भएको छ ।
प्रदेश कमिटीको शुक्रबार साँझको बैठकले सर्लाहीको फागुन ७, धनुषाको फागुन ९ र महोत्तरीको फागुन ११ गते जिल्ला अधिवेशन सुरु गर्ने मिति तय गरेको हो ।
आसन्न निर्वाचनसमेत नजिकै आइसकेकाले प्रदेश अधिवेशनभन्दा अघि जिल्ला अधिवेशन निर्धारित मितिमा सम्पन्न गर्नैपर्ने चुनौती रहेको एमाले मधेस प्रदेशका इन्चार्ज रघुवीर महासेठले बताए ।
विवाद भएका प्रदेशका कतिपय जिल्लामा एक पक्षले अधिवेशन सम्पन्न भइइसकेको बताउँदै आएका छ भने अर्को पक्षले विरोध गर्दै आएको छ ।