आज फेसबुकको स्थापना भएको दिन `हेप्पी बर्थ डे फेसबुक´
वासिङटन । लोकप्रिय समाजिक सञ्जाल फेसबुक १८ वर्ष अघि आजैका दिन स्थापना भएको थियो । सन् २००४ को ४ फेब्रुवरीमा स्थापना भएको फेसबुकमा अहिले झण्डै दुई अर्ब मानिस जोडिएका छन् ।
सन् २००४ मा मार्क जुकरबर्गले हार्वर्ड विश्वविद्यालयमा हुँदा सहपाठी साथीहरू एडवार्डो साभरिन, डस्टिन मोसकविट्ज, क्रिस ह्यूजेस र एन्ड्रयु म्याककोलमसँग मिलेर फेसबुकको स्थापना गरेका थिए।
सुरूमा हार्वर्ड विश्वविद्यालयका विद्यार्थीहरू माझ मात्र सीमित फेसबुक अहिले प्रायः सबै देशमा पुगेको छ । एक अर्कासँग साथी बन्न र सन्देश पठाउनको लागि यसको प्रयोग हुने गरेको छ । यसको लोकप्रियता र प्रयोग विधिको सरलताले गर्दा १८ वर्षमै यो विश्वकै लोकप्रिय सामाजिक सञ्जालको रुपमा विकासित भएको हो । आफ्नो प्रोफाइल अध्यावधिक गरी जानकारी आदान प्रदानमा पनि यसले सहज बनाएको छ ।