मकवानपुरमा नाे एमसीसी भन्दै सत्ताघटक दलका युवाकाे विराेध
हेटौंडा । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) र नेकपा माओवादी केन्द्रका भ्रातृ संगठनले हेटौंडामा मिलेनियम च्यालेन्स काेअपरेशन (एमसीसी) परियोजनाको विरोध गरेका छन् ।
युवा संघ नेपाल र वाईसीएल नेपालले त्यसको हेटाैँडामा बिराेध गरेकाे हाे । हेटौंडा बुद्धचोकमा उनीहरुले संयुक्तरुपमा कालाे ब्यानरसहित कालाे पट्टी लगाएर प्रदर्शन गरेका थिए । उनीहरुले कुनै पनि हालतमा एमसीसी पास गर्न नहुने भन्दै विरोध जनाउँदै आन्दोलनको चेतावनी समेत दिएका हुन् । उनीहरुले देश बेच्न पाइदैन राष्ट्रघाती एमसीसी चाहिदैन, राष्ट्रवादकाे ढाेङ ओढ्ने नेताहरु हाेसियारसहितका नारावाजी गरेका थिए ।