गृह मन्त्रालयमा सुरक्षा समितिकाे बैठक बस्दै
काठमाण्डाैँ । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा सिंहदरबारमा केन्द्रीय सुरक्षा समितिको बैठक बसिरहेकाे बुझिएकाे छ ।
बैठकमा स्थानीय तह निर्वाचनको सुरक्षाकाे वरिपरि छलफल हुने बुझिएकाे छ । सरकारले स्थानीय तहको निर्वाचन र यसबारेका कार्यहरुबारे परामर्श गरिरहेकाे समयमा सुरक्षाा समितिकाे बैठक बस्नु निकै अर्थपूर्ण रुपमा हेरिएकाे छ ।
मंगलबार निर्वाचन आयोगका पदाधिकारीहरूसँगको भेटमा प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनको सुरक्षा तयारी गर्न निर्देशन दिएका थिए । सो निर्देशनपछि गृहमन्त्रीले सुरक्षा समितिको बैठक डाकेका हुन् ।
बैठकमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका आइजीपी शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेल र नेपाली सेनाका प्रतिनिधि सहभागी छन् ।