गृहमन्त्री खाँण र पूर्वप्रधानमन्त्री नेपालबीच भेटवार्ता

निरन्तर न्यूज
१९ माघ २०७८, बुधबार १३:२९

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका छन् । खाँणले बुधबार बिहान अध्यक्ष नेपालको निवास कोटेश्वरमै भेटेका हुन् । माधव नेपालका स्वकीय सचिव मोहन गौतमका अनुसार भेटमा खास विषयमाथि कुराकानी भएको छैन ।

उनले भने, ‘यो नियमित भेटघाट हो । खास विषय केही थिएन ।’ तर निर्वाचन आयोगले सरकारलाई आगामी ४ जेठमा स्थानीय तहको निर्वाचन मिति सिफारिस गरेकोप्रति माधवकुमार नेपाल सन्तुष्ट छैनन् । उनको चाहना भने आगामी चैतमा स्थानीय तहको निर्वाचन गर्नु पर्ने भन्ने छ । यसैकारण गृहमन्त्री खाँणले निर्वाचन मिति तोक्नुअघि नेता नेपालसँग राय सल्लाह लिएको स्रोतको दाबी छ । देउवाका बिशेषा मानीने खाँणसँग नेपालकाे भेट अर्थपूर्ण रहेकाे बुझिएकाे छ । यता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि प्रधानमन्त्री भेटेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*