बाढी र पहिरोमा परी १८ जनाको मृत्यु
ब्राजिल । ब्राजिलमा दुई दिन यतादेखि भिषण रूपमा बाढी आएको छ । बाढी पहिरोमा परी अहिलेसम्ममा १८ जनाको ज्यान गएको बताइएको छ । यहाँको बाढीका कारण अरू पनि कैयौँ व्यक्ति विस्थापित भएका छन् । बाढीले मृत्यु हुनेको संख्या अहिलेसम्म १८ पुगेको अधिकारीहरूले जनाएका छन् ।
ब्राजिलको साओपाओलो शहर सबैभन्दा बढी प्रभावित रहेको छ । सो शहरमा मात्र १८ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । साओपाओलो राज्यका गभर्नर जोयो दोरियाले भने- हामी निकै पीडामा छौँ कि यहाँका कम्तीमा पनि १८ जना नागरिकले ज्यान गुमाएका छन्, भारी मात्रामा वर्षा जारी नै छ ।
उनले राज्यको प्रहरी र सेना तथा अरू पनि उद्धारकर्मीहरू उद्धारका लागि जुटिरहेको बताएका छन् । उनले भनेका छन्– हामी उद्धारका काममा जुटिरेहका छौँ, तर भारी वर्षाका कारणले गर्दा उद्धारको काममा पनि समस्या उत्पन्न भएको छ । करिब २० हजार नागरिक घरबाट भागेर अन्यत्रै बसेका छन् । उनीहरू बढीका कारण विस्थापित भएका बताइएको छ ।
बाढीपछि यस राज्यमा आपतकाल घोषणा गरिएको छ । अधिकांश ग्रामिण भेगमा विद्युत सेवा अवरूद्ध भएको छ भने सडक बगाउँदा यातायात प्रभावित भएको छ । मौसमविद्हरूले वर्षाको प्रकोप अझै रहेकाले घरबाहिर ननिस्किन भनिरहेका छन् । उनीहरूले वर्षा र आँधीको पनि सम्भावना रहेको चेतावनी दिएका छन् ।