वन ऐन संसोधनको माग गर्दै बिरोध
हेटौंडा। बागमती प्रदेशको वन ऐन,२०७६ संशोधन गर्न माग गर्दै आन्दोलनरत सामुदायिक वन उपभोक्ता महासंघ(फेकोफन) मकवानपुरले सोमबार एक घण्टा बागमती प्रदेश मुख्यमन्त्री कार्यालयको गेटमा थाल ठटाएर विरोध प्रदर्शन गरेको छ।
फेकोफन मकवानपुरले देश व्यापी सप्ताहव्यापी रूप कार्यक्रम अन्तर्गत ऐनको बिरोधमा आइतबार बागमती प्रदेश वन तथा वातावरण मन्त्रालयमा धर्ना दिएको थियो। बागमती प्रदेश सरकारले ऐनलाई संशोधन नगरेको र आन्दोलन रुवरुप एक घण्टा थाल ठटाएर विरोध प्रदर्शन गरेको फेकोफन मकवानपुर अध्यक्ष साधुराम चौलागाईले बताए।विरोध प्रदर्शनमा वन ऐनका ९४ दफामध्ये ८० वटाभन्दा धेरै दफा नेपालको संविधान र संघीय वन ऐन २०७६ संग बाझिएकाले ऐन संशोधन वा खारेज गरी नयाँ ऐन तर्जुमा गर्न माग गरिएको छ ।