ऋषि कट्टेल नेकपाबाटै निकालिए

निरन्तर न्यूज
१६ माघ २०७८, आईतवार ०९:३१

काठमाडौं । सर्वोच्च अदालतबाट साविक नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकता भंग गराउने नेकपा अध्यक्ष अध्यक्ष ऋषि कट्टेल पार्टीबाट निकालिएका छन्। साधारणा सदस्यसमेत नरहनेगरी नेकपाले कट्टेललाई हटाएको हो।

पार्टीको हितविपरीत काम गरेको आरोप लगाउँदै उक्त पार्टीका कार्यवाहक अध्यक्ष तथा एकताको राष्ट्रिय सम्मेलन तयारी समितिका संयोजक लोकनारायण सुवेदीले साधारण सदस्यसमेत नरहने गरी कट्टेललाई पार्टीबाट निकालिएको जानकारी दिएका हुन्।

सुवेदीले जारी गरेको विज्ञप्तिमा दलको विधान २०६९, राजनीतिक दलसम्बन्धी ऐन २०७३ र नेपालको संविधान विपरित कट्टेलले दलको अहितमा काम गरेको र त्यसका लागि जाँचबुझ गर्न गठन गरिएको समितिको सिफारिसका आधारमा उनलाई निष्कासन गरिएको उल्लेख छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*