प्रेस सेन्टरले सम्झियो कृष्ण सेन ‘इच्छुक’

निरन्तर न्यूज
१५ माघ २०७८, शनिबार १९:५४

हेटौंडा । प्रेस सेन्टर मकवानपुर शाखाले हेटौंडामा कवि तथा पत्रकार स्वः कृष्ण सेन (इच्छुक) लाई सम्झना गर्दै श्रद्धाञ्जली व्यक्त गरेको छ । केन्द्र, प्रदेश, जिल्ला नगर पदाधिकारीको उपस्थितिमा गरिएको कार्यक्रममा कवि तथा पत्रकार स्वः इच्छुकको सम्झनामा गरिएको कार्यक्रममा उनको योगदानको सम्झना गर्दै उनको बलिदानलाई ओझेल पर्न नदिने र कर्तव्य र नीतिको पालनासहित कार्य गरेर इच्छुकको योगदानको कदर गर्ने प्रतिवद्वता जनाए ।
प्रेस सेन्टर नेपालले १८ औं स्थापना दिवसको अवसरमा बिभिन्न कार्यक्रम गरेको छ । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सञ्चार क्षेत्रमा काम गर्ने केन्द्रनिकट सञ्चारकर्मीको संगठन प्रेस सेन्टरको उल्लेखनीय भूमिका रहेको बताएका छन् । प्रेस सेन्टर नेपालको १८ औं स्थापना दिवसको अवसरमा शुभकामना सन्देश दि“दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । उनले देश, जनता र श्रमजीवी वर्गको हितमा काम गरी सेन्टरले आफूलाई उभ्याउनेमा विश्वास रहेको बताउ“दै सेन्टरका संस्थापकहरु, सम्पूर्ण तहका पदाधिकारीदेखि प्रेस सेन्टर परिवार र सम्पूर्ण नेपाली श्रमजीवी पत्रकारमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
२०१३ कात्तिकमा भारतको देहरादुनमा जन्मिएका क्रान्तिकारी धारका कवि तथा पत्रकार इच्छुक जनयुद्धस“ग सम्बन्धित रहेर समाचार प्रकाशन गरेको अभियोगमा पक्राउ परेका थिए । २०५९ सालमा पक्राउ परेका जनादेश साप्ताहिकका सम्पादक इच्छुकलाई महेन्द्र पुलिस क्लबमा राखिएको थियो भने पुलिस क्लबको हिरासतमै उनको मृत्यु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*