एमाले जनसंगठन समन्वय संयन्त्रको बैठक आज बस्ने

निरन्तर न्यूज
१५ माघ २०७८, शनिबार ११:३९

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को जनसंगठन समन्वय संयन्त्रको बैठक आज दिउँसो बस्ने भएको छ।

भक्तपुरको जर्मन हस्पिटालिटी होम्समा कोभिड रोकथामको सतर्कता अपनाएर दिउँसो ३ बजे बैठक बस्ने एमाले केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।

चितवनमा सम्पन्न एमालेले १०औँ महाधिवेशनपछि जनसंगठन समन्वय संयन्त्र निर्माण भएको थियो । बैठकमा २२ वटै जनसंगठनका इन्चार्ज, सहइन्चार्ज र अध्यक्षहरू सहभागी हुने छन् ।

पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका भानुभक्त ढकाल नेतृत्वको संयन्त्रको बैठकमा सबै जनसंगठनका राष्ट्रिय अधिवेशन र सम्मेलन आयोजनाका विषयमा छलफल हुनेछ । यसअघिको बैठकले फागुन मसान्तभित्र अधिवेशन र सम्मेलनका लागि आआफ्नो कार्यक्षेत्रमा लाग्ने निर्णय गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*