जोर बिजोर ब्यबस्थित गर्न उपत्यकाका सिडीओहरुको छलफल

निरन्तर न्यूज
१४ माघ २०७८, शुक्रबार १३:४६

काठमाडौं ।कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन सहितको संक्रमण नियन्त्रणबारे छलफल गर्न काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दै भएको छ । शुक्रवार मध्यान्ह जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ३ जिल्लाका प्रजिअहरुको बैठक वस्ने भएको हो ।

काठमाडौं उपत्यकामा माघ ७ गतेबाट सार्वजनिक र निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । आजको र्वैठकले जोरबिजोर प्रणालीलाई थप व्यवस्थित कसरी बनाउने भन्नेबारे छलफल गरेर निर्णय लिने भएको छ ।

‘अहिले तत्काल जोरबिजोर हटाउने निर्णय गर्दैनौं’ प्रजिअ रिजालले भने–‘व्यवस्थित कसरी गर्ने भन्नेबारे ललितपुर र भक्तपुर जिल्लाको पनि फिडव्याक लिएर निर्णय लिन्छौं ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*