प्रधानमन्त्रीले निर्वाचन आयोगका पदाधिकारीसँग आज छलफल गर्ने
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गर्ने भएका छन् ।
निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तहरुसँग प्रधानमन्त्रीले आज दिउँसो छलफल गर्न लागेका हुन् । निर्वाचन आयोगले तत्काल स्थानीय तह निर्वाचनको मिति तोक्न ताकेता गरिरहेका बेला छलफल हुन लागेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा हुने छलफलमा स्थानीय तह निर्वाचनको कानूनी र संवैधानिक जटिलताका बारेमा चर्चा गरिने बताइएको छ ।
आयोगले जेठ ५ गते हालका स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिने भन्दै त्यसअघि नै स्थानीय चुनाव सम्पन्न गर्न सरकारलाई दवाव दिँदै आएको छ ।