शेखर समूहको निष्कर्ष : देउवाले एकलौटी कदम चाले
काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सत्तारूढ गठबन्धनसँग मिलेर चुनाव जाने तयारी गरिरहेका छन् । त्यसको विरोधमा कांग्रेसका संस्थापनइतर समूहले आक्रोश पोखेको छ।
नेता शेखर कोइरालाले आफ्नो समूहका नेताहरूसँग त्यसबारे सोमबार भर्चुअल संवाद गरेका छन्। सभापति देउवा गठबन्धनसँग मिलेर चुनावमा जान खोजिरहेको विषयमा कोइरालाले नेताहरूको राय लिएका थिए।
आफ्ना केही नजिकका मानिसहरूलाई लिएर देउवा गठबन्धनको नाममा चुनावमा जाने तयारी गरिरहेको र त्यसमा आफूहरुको गम्भीर रहेको छलफलका क्रममा कोइरालाले बताए ।
चुनावजस्तो विषयमा पार्टीभित्र छलफलै नगरी सभापति देउवा अघि बढेको भन्दै सहभागी नेताहरूले आक्रोश व्यक्त गरेका थिए । सभापति देउवाले एकलौटी कदम चालेकाले त्यसप्रति सचेत रहनुपर्ने नेताहरूले बताएका थिए।
गठबन्धनसँग निर्वाचनमा जान नहुने तर्क बैठकका सहभागीहरुले बताएका थिए । बैठकमा महामन्त्री गगन थापा, केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, बलबहादुर केसी, नेताहरू चन्द्र भण्डारी, मिनेन्द्र रिजाल र रामशरण महत सहभागी दिए ।
उपसभापति धनराज गुरुङ, सहमहामन्त्री बन्द्री पाण्डे र जीवन परियार राष्ट्रिय सभा चुनावको तयारीका लागि बाहिर रहेकोले छलफलमा सहभागी थिएनन्।