शिक्षकलाई सिकाइप्रति स्वजवाफदेही बनाइने : मन्त्री पौडेल

निरन्तर न्यूज
१० माघ २०७८, सोमबार १९:०१

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक तथा प्रधानाध्यापकलाई कार्यसम्पादनका आधारमा पेशागत सहयोग उपलब्ध गराई शिक्षण सिकाइप्रति स्वजवाफदेही बनाइने बताएका छन् ।

आइतबार शिक्षामन्त्री भएको छ महिना पुगेको अवसरमा शैक्षिक क्षेत्र सुधारका प्राथमिकता र उपलब्धिहरू गर्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् ।

मन्त्री पौडेलले शिक्षक तथा कर्मचारीका पेशागत समस्याहरू तीनै तहको सरकारको क्षेत्राधिकारभित्र रही समाधान गर्न मन्त्रालयले अधिकतम प्रयास गर्ने पनि जनाए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*