देशकै सानो जिल्ला भक्तपुरमा धेरै बढे सक्रिय संक्रमित

निरन्तर न्यूज
१० माघ २०७८, सोमबार ०९:४४

भक्तपुर । देशकै सानो भूगोल भएको भक्तपुर जिल्लामा कोरोना संक्रमितको संख्या भने निकै बढेको छ । केही दिनयता भक्तपुरमा दैनिक पाँच सयभन्दा बढी संक्रमित थपिने क्रम जारी छ ।

भक्तपुर स्वास्थ्य कार्यालयका अनुसार आइतबार ५३० जना, शनिबार ९६८, शुक्रबार ६२७, बिहीबार ५६४ संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय प्रमुख कृष्णबहादुर मिजारले दैनिक थपिने क्रमसँगै सक्रिय संक्रमितको संख्या पनि निकै बढेको बताए । आइतबारसम्म सक्रिय संक्रमितको संख्या ३ हजार ९९८ पुगेको छ ।

जिल्लमा चार नगरपालिकामध्ये सबैभन्दा धेरै मध्यपुरथिमिमा एक हजार १४७ सक्रिय संक्रमित छन् । त्यस्तै सूर्यविनायकमा एक हजार ६२, भक्तपुरमा ७६५ र चाँगुनारायण नगरपालिकामा ४६१ र अन्य २७४ सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

संक्रमितमध्ये एचडियूमा चार जना , आइसियुमा तीन जना र भेन्टिलेटरमा एक जनाको उपचार भइरहेको छ । जिल्लाका विभिन्न अस्पतालमा सामान्य आइसोलेसन २५६ शय्या, एचडियु ११७ शय्या, आइसियु ३५ र भेन्टिलेटर १६  छन् ।

यसैगरी जिल्लामा कोरोनाकै कारण मृत्यु हुनेको संख्या ३६० पुगेको छ । पछिल्लो पटक शनिबार एक संक्रमितको निधन भएसँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३६० पुगेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*