प्रधानमन्त्री देउवा गठबन्धनको बन्दी हुन् त ? : इश्वर पोखरेल

निरन्तर न्यूज
८ माघ २०७८, शनिबार ०७:३०

काठमाडौँ । एमाले उपाध्यक्ष ईश्वर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवा  गठबन्धनको बन्दी बनेकै हुन् ?, भनेर सामाजिक सञ्जाल मार्फत प्रश्न गरेका छन् । बहालवाला मन्त्रीले गौर नरसंहार दोहोर्‍याउने चेतावनी दिँदासमेत प्रधानमन्त्रीले उनलाई केही गर्न नसकेको भन्दै उनले आपत्ति जनाएका छन् ।

नेता पोखरेलले देउवालाई एक्सन चाल्न आग्रहसमेत गरेका छन् । उनले गठबन्धनको सूत्राधार हुँ (माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड) तर्फ लक्षित गर्दै केही बोल्न नसकेको आरोप लगाएका छन् ।

पोखरेलले लेखेका छन्–  ‘गठबन्धनकी एउटी नेतृ र बहालवाला मन्त्रीले विगतमा (आफूहरूद्वारा) घटित गौर नरसंहार दोहोर्‍याउने उद्दण्ड हुंकार गरिन् । विगत गौर नरसंहारमा पीडित हूँ भन्ने र अहिलेको गठबन्धनका प्रमुख सूत्राधार हूँ भन्ने केही बोल्छन्बो–ल्दैनन्, गर्छन् गर्दैनन् ? प्रम देउवा गठबन्धनको बन्दी बनेकै हुन् ?’

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*