देउवा, प्रचण्ड र नेपालबीच भेटघाट
काठमाडौं । सत्ता गठबन्धनका तीन शीर्ष दलका नेताहरूबीचको भेटवार्ता सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानन्त्री तथा कांग्रेस सभापति शेरवहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको हो ।
बिहीबार अपरान्ह बस्ने संयन्त्र बैठक स्थगित गरिएपछि प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच साँझ भेटवार्ता भएको हो।
भेटवार्ताका क्रममा स्थानीय तहको निर्वाचन र मन्त्री रेणु यादवको हिंसा भड्काउने अभिव्यक्तिका बारेमा छलफल भएको छ । कोरोना संक्रमणमुक्त भएपछि अध्यक्ष नेपाल शीर्ष तहको भेटमा आजदेखि सहभागी भएका हुन् । बैठकमा स्थानीय चुनावका सन्दर्भमा कुराकानी भएको बताइएको छ ।
शीर्ष नेताहरुबीचको छलफलपछि सत्तारुढ गठबन्धनको बैठक शुक्रबार अपरान्ह ४ बजे बालुवाटारमा बस्ने तय भएको प्रचण्डको स्वकिय सचिव रमेश मल्लले जानकारी दिए । गठबन्धनको बैठकले चुनावबारे निर्णय गरेर सरकारलाई सिफारिस गर्ने बताइएको छ।
बिहीबार ४ बजे बस्ने भनिएको बैठक स्थगित गरिएपछि देउवा, प्रचण्ड र नेपालबीच संघीय, प्रदेश र स्थानीय तह निर्वाचनबारे छलफल भएको हो।
अध्यक्ष नेपाललाई केही दिनअघि कोरोना संक्रमण भएको थियो। उनी कोरोना संक्रमण भएपछि पहिलो पटक दुई नेतासँगको बैठकमा बालुवाटार पुगेका हुन्।
प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार कोरोना संक्रमणमुक्त भएपछि नेता नेपाल शीर्ष तहको भेटमा बिहीबारदेखि सहभागी भएका हुन्। मल्लले गठबन्धनको बैठक शुक्रबार अपरान्ह ४ बजे बालुवाटार बस्ने भएको छ।
अध्यक्ष प्रचण्डको सचिवालयका अनुसार संयन्त्र बैठकको पूर्व तयारीका लागि तीन नेताबीच वार्ता भएको हो। तीन शीर्ष नेताहरुबीचको छलफलपछि शुक्रबार सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्ने भएको छ।
प्रचण्डले मंगलबारको संयन्त्र बैठकमा स्थानीय तह निर्वाचन ६ महिना सारेर आगामी वैशाख-जेठमा संघीय र प्रदेशको निर्वाचन गर्नुपर्ने प्रस्ताव अघि सारेका थिए।
उनको यो प्रस्तावमा नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा नेपालले पनि साथ दिएका छन्। तर गठबन्धनको अर्को दल जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेपाली कांग्रेसको संस्थापन इतर केही नेताहरुले उक्त प्रस्तावमा आपत्ति जनाएका छन्।
उता नेकपा एमालेले पनि स्थानीय तहको निर्वाचन सारेर देशमा संवैधानिक रिक्तता निम्त्याउन खोजिएको भन्दै आपत्ति जनाइसकेको छ।