उपत्यकाका सिडिओहरुको बैठक: आज मध्यरातदेखि लागु हुनेगरी नयाँ आदेश जारी

निरन्तर न्यूज
४ माघ २०७८, मंगलवार १५:०७

काठमाडौं । काठमाडौंका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक सकिएको छ। बैठकले कोभिड १९ संक्रमण रोकथाम गर्न मन्त्रिपरिषद् बैठकले जारी गरेको ३६ बुँदे आदेश कार्यान्वयनबारे निर्णय गरेको छ ।

ती आदेशलाई आज मध्यरातदेखि लागू हुने गरि अर्को सूचना जारी नभएसम्म कार्यान्वयन गर्ने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले बताए ।

गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले स्मार्ट लकडाउन गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिने निर्णय गरेको थियो । यस्तै मन्त्रिपरिषद् बैठकले माघ मसान्तसम्म आमसभा, जुलुस, भेला संचालन नगर्ने, माघ १५ गतेसम्म विद्यालय, फिल्महलसहितका मनोरञ्जन क्षेत्र बन्द गर्ने, माघ ७ गतेदेखि सार्वजनिक सेवा लिँदा खोप कार्डलाई अनिवार्य गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्का निर्णयलाई आजै मध्यरातदेखि लागू गरिने प्रमुख जिल्ला अधिकारीहरुले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*