सत्ता गठबन्धनको बैठक बालुवाटारमा बस्दै

निरन्तर न्यूज
४ माघ २०७८, मंगलवार ०८:५४

काठमाडौं । स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्नेबारे सत्ता गठबन्धनको बैठक आज बस्दैछ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान ९ बजे बैठक बस्ने तय भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।

सोमबार प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको भेटमा समन्वय समितिको बैठक बोलाउने सहमति बनेको थियो।

आजको बैठकमा माघ १२ गते हुन गइरहेको राष्ट्रिय सभाको निर्वाचन र समसामयिक राजनीतिक गतिविधिबारे छलफल हुने जनाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*