प्रदेश नम्बर २ को नाम मधेश प्रदेश कायम
निरन्तर न्यूज
३ माघ २०७८, सोमबार १९:४७
काठमाडौं । प्रदेश नं २ को नाम मधेश प्रदेश राखिएको छ ।
आज (सोमबार) प्रदेश सभा सचिवालयमा भएको मतदानबाट दुई तिहाइ बहुमतसहित उक्त नाम पारित भएको हो ।
कुल १०४ मध्ये ९९ जना सांसद मतदानमा सहभागी रहेका थिए । ती मध्ये ८० जना सांसदले मतदान गरेका थिए । उक्त संख्या दुई तिहाई भन्दा बढी हो ।
त्यस्तै प्रदेशको स्थायी राजधानी जनकपुर धामलाई बनाइएको छ ।