युवा संघले गठन गर्‍यो महाधिवेशन आयोजक कमिटी, कसले के जिम्मेवारी पाए ? (सूचीसहित)

निरन्तर न्यूज
३ माघ २०७८, सोमबार ०९:०८

पोखरा । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले नवौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरेको छ। एमालेका केन्द्रीय सदस्यसमेत रहेका किरण पौडेलको संयाेजकत्वमा युवा संघको महाधिवेशन आयोजक मूल समिति बनाइएको हो। समितिको सह-संयोजकमा सञ्जिव झा र क्रान्ति बुर्लाकोटी छन्।

एमाले नेता तथा संघका इन्चार्ज महेश बस्नेतको उपस्थितिमा पोखरामा सम्पन्न सचिवालय बैठकले महाधिवेशन आयोजक समिति गठन गर्दै प्रदेश इन्चार्ज र केन्द्रीय विभागको प्रमुखसमेत पनि तोकेको छ। ​

पोखरामा सम्पन्न केन्द्रीय सचिवालय बैठकले यसअघिको कमिटी भंग गरी आयोजक कमिटी गठन गरेको हो । आयोजक कमिटी संयोजक किरण पौडेल रहेका छन् । यस्तै सह संयोजकमा सञ्जित कुमार झा, क्रान्ति बुर्लाकोटी तोकिएका छन् ।

यसअघिका सबै पदाधिकारी कार्यालय सदस्य र विभागका प्रमुख बनेका छन् ।संयोजक पौडेल र सहसंयोजक झा एमाले केन्द्रीय सदस्य हुन् ।

अर्की सह संयोजक क्रान्ति बुर्लाकोटी १० बुँदे सहमतिपछि एमालेमा रहेको समूहबाट सह संयाजक बनाइएको हो ।१० बुँदे समूहबाटै कृष्णहरी केसी कार्यालय सदस्य बनेका छन् ।

युवा संघले १३ सदस्यीय कार्यालय टिम बनाएको छ । कार्यालय सदस्यको नाम घोषणा गर्दै युवा संघका इञ्चार्ज महेश बस्नेतले प्राविधिक कारण पदाधिकारी घोषणा नभएपनि कार्यालय सदस्यहरु नै पदाधिकारी हैसियतमा रहने बताए ।

यस्तो छ, जिम्मेवारी बाँडफाँड
युवा संघ महाधिवेशन मूल आयोजक कमिटीका संयोजक – किरण पौडेल

सह-संयोजक – सञ्जीव झा र क्रान्ति बुर्लाकोटी
संगठन विभाग प्रमुख – क्षितिज थेबे
युथफोर्स विभाग प्रमुख – पुष्प श्रेष्ठ
स्कुल तथा नेत्रित्व विकास विभाग प्रमुख – रमेश आचार्य
कार्यालय विभाग प्रमुख – रामजी सापकोटा
प्रकाशन विभाग प्रमुख – सम्राट गौचन
प्रचार विभाग प्रमुख – महाराज गुरुङ
मानव अधिकार विभाग प्रमुख – सुनिता कार्की

महिला विभाग प्रमुख – उर्मिला सुनुवार
पर्यटन विभाग प्रमुख – सीता सुवेदी
कानुन विभाग प्रमुख – विष्णुराज बिसी
स्वयमसेवक विभाग प्रमुख – राकेश लामा
निर्वाचन आयोग प्रमुख प्रमुख– हिमेश केसी
निर्वाचन आयोग उपप्रमुख – बाबु छत्कुली
​अनुशासन आयोग प्रमुख – दिनेश थापा
लेखा आयोग प्रमुख – प्रकाश लामिछाने

प्रदेश १ इन्चार्ज – अञ्जना अधिकारी
प्रदेश २ इन्चार्ज – सत्यनारायण यादव
बागमती प्रदेश इन्चार्ज – अमित लामा
गण्डकी प्रदेश इन्चार्ज – सन्तोष रावल
लुम्बिनी प्रदेश इन्चार्ज – सुमन पुरी
कर्णाली प्रदेश इन्चार्ज – राजन थापा
सुदूरपश्चिम प्रदेश इन्चार्ज – बिसनाथ चन्द
अन्तर जिल्ला प्रदेश इन्चार्ज – बलरामा वेल्बासे

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*