मन्त्रिपरिषद् बैठकले गरेका महत्त्वपूर्ण निर्णय सार्वजनिक

निरन्तर न्यूज
३ माघ २०७८, सोमबार ०८:४४

काठमाडौं । सरकारले पुस ३० गते मन्त्रिपरिषद् बैठकले गरेका निर्णय आज सार्वजनिक गरेको छ । संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले क्याबिनेटका विभिन्न १८ निर्णय आज सार्वजनिक गरेका हुन् ।

बैठकले तेस्रो लहरको कोभिड संक्रमणको जोखिम बढ्दै गएपछि आगामी माघ १५ गतेसम्मका लागि फिल्म हलसहितका सबै मनोरञ्जन क्षेत्र बन्द गर्ने निर्णय गरेको छ।

मन्त्री कार्कीले मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्दै आगामी माघ १५ गतेसम्म फिल्म हल र रात्रिकालीन मनोरञ्जनात्मक व्यवसाय बन्द गर्ने निर्णय गरिएको जानकारी दिएका हुन् ।

‘स्विमिङ पुल, जिमखाना, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, रात्रि क्लब, फुटसल, पटके हाटबजार र मानिसहरुको भीड हुने सबै किसिमका गतिविधि माघ १५ गतेसम्मलाई बन्द गर्ने निर्णय भएको छ’, एक महिना लामो कोभिड-१९ निर्देशिबारे जानकारी दिँदै उनले भने।

त्यस्तै सरकारले नेपाली भूभाग भएर जाने कुनै किसिमको एकपक्षीय सडक निर्माण र विस्तार रोक्न भारतलाई आग्रह गर्दै आएको जनाएको छ ।

महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हुन् भन्दै संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो बताएका हुन् ।

सरकारको धारणा सार्वजनिक गर्दै मन्त्री कार्कीले दुई देशबीचको सीमा समस्याको समाधान कुटनीतिक माध्यमबाट गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

नेपालको भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीमा भारतले एकपक्षीय रुपमा सडक निर्माणको काम अघि बढाएको छ। सडक निर्माणको काम रोक्न भारतलाई सरकारले आग्रह गर्दै आइरहेको छ। तर, प्रभावकारी रुपमा पहल हुन सकेको छैन।

‘हामी ऐतिहासिक सन्धि सम्झौता, तथ्य, नक्सा र प्रमाणको आधारमा समस्या समाधान गर्न तयार छौं,’ उनले भने।

यस्ता छन् १८ निर्णय
१. नेपाल सरकार, प्रदेश र स्थानीय तहबीच प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँट स्वीकृत गर्ने।
२ मेवा-चाँगे र केराबारी-न्यू माङ्दी १३२ के.भी. प्रसारण लाइन आयोजनाको क्षतिपूर्ति निर्धारण गर्न समिति गठन गर्ने।
३ बुढीगंगा जलविद्युत आयोजनाको लागि जग्गा प्राप्ति गर्न प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने।
४ पाल्पा २२० के.भी. सवस्टेशन आयोजनाको लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने।
५ खोर्ले वेसी (गोरखा) ३३ के.भी. प्रसारण लाइन तथा सवस्टेशन सिँचाई मन्त्रालय आयोजनाको लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने।
६ परराष्ट्र मन्त्रालय नेपाली जनताको तर्फबाट अफगान नागरिकहरुलाई मानवीय सहायता उपलब्ध गराउने।
७ नेपाल विश्वविद्यालयसम्बन्धी विधेयक तर्जमा गर्न सैद्धान्तिक स्वीकति प्रदान दिने ।
८ तिलौराकोट कपिलवस्तु क्षेत्रलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्ने।
९ टोखा नगरपालिका र चीनको स्वायत्त क्षेत्र तिब्बतस्थित टक्छु सहरबीच भगिनी सम्बन्ध कायम गर्न स्वीकृति दिने।
१० स्थानीय तहको विभिन्न परियोजनाको लागि जग्गा प्राप्ति गर्न विभिन्न ११ स्थानीय तहलाई स्वीकृति दिने।
११ राजपत्रांकित प्रथम श्रेणीका सहसचिव शंकर प्रसाद खरेललाई विशिष्ट श्रेणीको सचिव पदमा बढ़वा
१२ लोक सेवा आयोग/बढुवा समितिको सिफारिसबमोजिम विभिन्न सेवा समूहका राजपत्राहित प्रथम
श्रेणीको पदमा नियुक्ति गर्ने।
१३ बर्ड फ्लु नियन्त्रण नियमावली, २०७८ स्वीकृत गर्ने। 1
१४चोभार सख्खा बन्दरगाह भन्सार कार्यालयको संगठन संरचना र दरबन्दी तेरिज पीना
१५ राष्ट्रिय पशु स्वास्थ्य नीति, २०७८ स्वीकृत गर्ने।
१६ राष्ट्रिय पशु प्रजनन नीति, २०७८ स्वीकृत गर्ने।
१७ प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन (दोस्रो संशोधन) निर्देशिका, २०७८ स्वीकत गर्ने।
१८ नयाँ भेरिएन्ट ओमिक्रोनसहित कोरोना संक्रमण बढेकाले तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश, २०७८ जारी गर्ने।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*