अस्ट्रेलियामा दुई सातामा १० लाख काेराेना संक्रमित

निरन्तर न्यूज
३० पुष २०७८, शुक्रबार ०८:३७

सिड्नी । अस्ट्रेलियाका कोभिड संक्रमितको संख्या दिनप्रति दिन बढिरहेको छ । कोभिडको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखिएसँगै संक्रमितको सख्ंया पनि दिनहुँ बढिरहेको छ ।

बिहीबार एकै दिन एक लाख ४७ हजारमा कोभिड देखिएको छ । यो संख्या अस्ट्रेलियाका कोभिड देखिएपछिको अहिलेसम्मकै उच्च हो । संक्रमितमध्ये ९२ हजार जना न्यु साउद वेल्स (एनएसडब्लू) का छन् ।

पछिल्लो दुई सातामा अस्ट्रेलियामा १० लाख जनामा संक्रमण देखिएको छ । महामारी फैलिएपछि अहिलेसम्म १४ लाख जनामा संक्रमण देखिएको छ ।

अस्ट्रेलियामा पछिल्ले कोभिड लहरमा ५३ जनाको मृत्यु भइसकेको छ । तीमध्ये २२ जना एनएसडब्लूका छन् ।

‘ओमिक्रोन’ वेभको समयमा मृत्यु दर यसअघिको महामारीमा भन्दा न्यून रहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*