एमाले नेता रावललाई गृह जिल्लामै धक्का
अछाम । नेकपा एमाले नेता भीम रावललाई गृह जिल्लामै धक्का लागेको छ। एमाले अछामको अध्यक्षमा चन्द्रबहादुर बोहरा वियजी भएका छन् । अध्यक्ष केपी शर्मा ओली उम्मेदवार बोहोराले नेता भीम रावल पक्षका उम्मेदवार प्रकाशबहादुर शाहलाई पराजित गरेका हुन् ।
खसेको ७५० मतमा बोहराले ४३१ मत ल्याएर जित हात पार्दा शाहले ३०७ मत मात्र पाए । बोहरा र शाह प्यानल नै बनाएर निर्वाचन प्रक्रियामा सहभागी भएका थिए ।
उपाध्यक्षमा शाह प्यानलका उपाध्यक्ष बलबहादुर कुँवर विजयी भएका छन् । सचिवमा पनि शाह पक्षकै भीमबहादुर रावल (कालोटोपी) विजयी भएका छन् ।
दुई उपसचिवको पदमा सात जनाको उम्मेदवारी परेकोमा बोहरा पक्षका डम्बर वीसी र शाह पक्षका प्रेम महर विजयी भएका छन् । निर्वाचनमा विजयी हुने पदाधिकारी मध्येमा संघीय निर्वाचन क्षेत्र १ मा एक उपसचिव बाहेक सबै क्षेत्र नं. २ का रहेका छन् । रावलको निर्वाचन क्षेत्र १ बाट एक जनामा मात्र पदाधिकारी निर्वाचित भएका छन् ।
भूगोल (स्थानीय तह), महिला, दलित, अल्पसं ख्यक, जनजाति र अपांगको मतगणना जारी रहेको निर्वाचन समितिले जानकारी दिएको छ । एमाले अछाममा अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिवमा पाँच पदाधिकारीसहित एकसय ५ जना निर्वाचित हुनेछन् ।