बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा श्रेष्ठ नियुक्त

निरन्तर न्यूज
२६ पुष २०७८, सोमबार १७:११

हेटौंडा । बागमती प्रदेशको मुख्यन्यायाधिवक्तामा श्याम नारायण श्रेष्ठ नियुक्त हुनु भएको छ । निुयुक्त भएलगतै आजै उहाँले प्रदेश प्रमुखको कार्यालयमा सपथग्रहण गर्नुभएको छ । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको सिफारिसमा प्रदेश प्रमुख शर्माले उहाँलाई सोमबार मुख्यन्यायाधिवक्तामा नियुक्त गर्नु भएको छ ।

धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्वर–२ हटिया निवासी श्रेष्ठलाई नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम मुख्यमन्त्री पाण्डेले मुख्यन्यायाधिवक्तामा सिफारिसमा गर्नुभयो । नवनियुक्त मुख्य न्यायाधिवक्ता श्रेष्ठले आज नै पद तथा गोपनिताको सपथ ग्रहण गरेर पदभार ग्रहण समेत गर्नुभयो ।

कार्यक्रममा प्रदेश प्रमुख शर्मा, मुख्यमन्त्री पाण्डे र प्रदेशका मन्त्रीहरुको उपस्थितीमा उच्च अदालत पाटनका मुख्य न्यायाधिश नृपध्वज निरौलाले सपथ ग्रहण गराउनुभयो । मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका शर्त सम्बन्धी ऐन, २०७५ को दफा १४ बमोजिम श्रेष्ठले सपथ ग्रहण गरेको प्रदेश प्रमुख कार्यालय बागमती प्रदेश हेटौंडाका प्रवक्ता कृष्ण प्रसाद आचार्यले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*