एमाले मकवानपुर अध्यक्षमा एकालाल श्रेष्ठ चयन
हेटौंडा । नेकपा एमाले मकवानपुरको अध्यक्षमा एकालाल श्रेष्ठ चयन भएका छन्।नयाँ नेतृत्वका लागि शुक्रबार सुरु भएको ११ औं अधिवेशनले श्रेष्ठको नेतृत्वमा १ सय ५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरेको हो।अध्यक्षका लागि बद्रीप्रसाद लम्साल र एकालाल श्रेष्ठले उम्मेदवारी दिएका थिए ।त्यसैगरी उपाध्यक्ष लाल बहादुर थापा,सचिबमा नबिन सिग्देल, उपसचिब महिलामा सिता बिष्ट, खुल्लामा हिदम लामा चयन भएका छन।
हिजो मतदान हुने भनिएपनि अन्तिम समयमा मतदान प्रकृया स्थगन गरी सहमति गराउने प्रयास गरिएको थियो । यता प्रक्रिया गलत भएको र टिके प्रथा हाबी भएको भन्दै अधिकांश प्रतिनिधिले निर्वाचन गराउन माग गरेका छन् ।