१४ जिल्लामा एमालेका अध्यक्ष सर्बसम्मत चयन

निरन्तर न्यूज
२५ पुष २०७८, आईतवार ०६:४७

काठमाडौँ । १४ जिल्लामा नेकपा एमालेका जिल्ला कमिटी अध्यक्ष सर्वसम्मत छानिएका छन् । प्रमुख प्रतिपक्षी नेकपा एमालेको शुक्रबार सुरु ६३ जिल्लाको अधिवेशनबाट नयाँ नेतृतव निर्वाचित हुन थालेको छ।

नेकपा एमाले नेता राजन भट्टराईका अनुसार सर्वसम्मत अध्यक्ष चयन भएका जिल्लाहरुमा झापा, पाल्पा, दाङ, डोल्पा, सल्यान, बर्दिया छन् । त्यसैगरी बाँके, धादिङ, अर्घाखाची, मोरङ,काभ्रे, भक्तपुर, गुल्मी, खोटाङमा पनि सर्वसम्मत नेतृत्व चयन भएका छन् ।

अध्यक्ष ओलीको गृहजिल्ला झापामा दीपक कार्की सर्वसम्मत अध्यक्षमा चयन भएका छन्। नेता गोकुल बास्कोटाको गृहजिल्ला काभ्रेमा पनि अशोक ब्याञ्जु अध्यक्षमा सर्वसम्मत चयन भएका छन्।

यस्तै एमाले महासचिव शंकर पोखरेलको गृहजिल्ला दाङमा हुकुमबहादुर बस्नेतले अध्यक्षको जिम्मेवारी पाएका छन्।नेताहरु प्रदीप ज्ञवाली र गोकर्ण विष्टको गृहजिल्ला गुल्मीमा बालसिंह काउछा अध्यक्ष बन्न सफल भएका छन्।

पाल्पामा धनेन्द्रराज घिमिरे, डोल्पामा शेरबहादुर बुढा, सल्यानमा गोविन्द पुन, बर्दियामा लालबहादुर श्रेष्ठ,बाँके किस्मतकुमार कक्षपति,धादिङमा भूमि त्रिपाठी र अर्घाखाँचीमा पीताम्बर भुसाल अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै मोरङमा ऋषिकेश पोखरेल र भक्तपुरमा बचन देउजा जिल्ला कमिटी अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । त्यसैगरी मजदुर विशेषतर्फ जितेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*