एमालेको अनुरोधमा प्रतिनिधिसभा बैठक सारियो
हेटौंडा। बिहीबार बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।
नेकपा एमालेको आग्रहमा प्रतिनिधिसभाको बिहीबार बोलाइएको बैठक स्थगित भएको छ।प्रतिनिधिसभाको पुस २२ गते बोलाइएको बैठक स्थगित भएको हो।नेकपा एमालेले आफ्नो जिल्ला अधिवेशन पुस २३ मा हुने र धेरै सांसदहरु व्यस्त हुने भन्दै बैठक पछि सार्न माग गरेको थियो।संसद सचिवालयले अर्को बैठक पुस २८ गते १ बजे बस्ने गरी बिहीबारका लागि निर्धारित बैठक स्थगित गरेको हो।यस अघि माओबादी केन्द्रको अनुरोधमा बैठक सारिएको थियो ।