शेखर कोइराला पक्षको आज भेला बस्दै

निरन्तर न्यूज
२१ पुष २०७८, बुधबार ०८:३५

काठमाडौ । नेपाली कांग्रेसको डा. शेखर कोइराला पक्षका नेताहरूको आज (बुधबार) बृहत् भेला बस्दै छ । हालै सम्पन्न १४औँ महाधिवेशनमा सभापतिका प्रत्याशी डा. कोइराला पक्षका नेताहरूको अलग छलफल हुन लागेको हो। महाधिवेशनको समीक्षा गर्न भेला डाकिएको छ।

भेलामा कोइराला पक्षका सबै नेतालाई बोलाइएको छ। यसअघि मंगलबार पनि छलफल भएको थियो। मंगलबारको छलफलमा उपसभापति धनराज गुरुङ, उपसभापतिमा पराजित चन्द्र भण्डारी, महामन्त्री गगन थापा, महामन्त्रीमा पराजित मीनेन्द्र रिजाल, केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, बलबहादुर केसीलगायतको सहभागिता थियो ।

सभापति शेरबहादुर देउवालाई गुट उपगुटभन्दा माथि उठेर कार्य गर्न सुझाव दिँदै आएका डा. कोइरालाले पार्टीभित्र आफूले ४० प्रतिशत मत ल्याए पनि भागबण्डा नखोज्ने बताएका छन्। देउवाले हालै १३ जना केन्द्रीय सदस्य मनोनीत गर्दा गुटलाई प्रश्रय दिएको आरोप लागेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*