नेकपा एसले राष्ट्रियसभाका लागि ५ उम्मेदवारको नाम टुङ्गो लगायो

निरन्तर न्यूज
१९ पुष २०७८, सोमबार १८:२५

काठमाडाैं । नेकपा एकीकृत समाजवादी (यस)ले राष्ट्रियसभाका लागि ५ उम्मेदवारको नाम टुङ्गो लगाएको छ ।

सोमबार दिउँसो बसेको केन्द्रीय सचिवालय बैठकले पाँच प्रदेशबाट एक–एकजना उम्मेदवार छनोट गरेको हो ।

यसले प्रदेश १ बाट जयन्ती राई, लुम्बिनीबाट राजेन्द्रलक्ष्मी गैरे, बागमतीबाट गोमा तिमिल्सना, कर्णाली प्रदेशबाट उदय बोहरा र सुदूरपश्चिमबाट मदनकुमार साह (गरिमा) लाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

पाँचदलीय गठबन्धनले सोमबार १९ सिटमध्ये कांग्रेसलाई ६, माओवादी केन्द्र र एकीकृत समाजवादीलाई पाँच–पाँच, जसपालाई दुई र राष्ट्रिय जनमोर्चालाई एक सिट दिने सहमति गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*