मकवानपुरका २ जना महिला माओवादी केन्द्रिय सदस्यमा छानिए
हेटौंडा । नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यमा मकवानपुरका २ जना महिला चुनिएका छन्
नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा कुमारी मोक्तान र मानकुमारी नेपाली (आशा) चयन भएका हुन् ।
माओवादी अध्यक्ष प्रचण्डले आइतबारको बन्दसत्रमा उनीहरूको नाम घोषणा गरेका हुन् । बागमती प्रदेशसभा सदस्य एवम् सामाजिक विकास मन्त्रीसमेत रहेकी मोक्तान जनजाति महिला कोटाबाट केन्द्रीय सदस्य बनेकी हुन् ।
जनयुद्धका शहिद रुद्र पाख्रीनकी बुहारी आशा दलित कोटाबाट केन्द्रीय सदस्य बनेकी हुन् ।