कांग्रेस नेताको समाचार लेख्दा युनियनकर्मीको सदस्यता चट

निरन्तर न्यूज
१८ पुष २०७८, आईतवार १९:०९

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ विरुद्धको समाचार लेखेपछि प्रेस युनियनले आफ्नो सदस्यता हनन गरेको आरोप रमेश बन्जाराले लगाएका छन् ।

नेपाल प्रेस युनियन मकवानपुरका सदस्य रहेका इन्द्रप्रसाद बन्जारा “रमेश” ले नेता बानियाँको समाचार लेखेकै कारण यतिबेला आफुलाई नेपाल प्रेस युनियनबाट साधारण सदस्य समेत नरहने गरी कारवाही भोग्नुपरेको आज हेटौंडामा पत्रकार सम्मेलन गरि बताएका छन् ।

हेटौंडामा कांग्रेसको प्रदेश अधिवेशनको बेला सभापति बन्ने दौडमा रहेका बानियाँको विरुद्धमा समाचार लेखेका कारण प्रेस युनियनले आफुलाई अवैद्यानिक रुपमा कारबाही गरेको दाबी गरे ।

आफुलाई केन्द्रीय समितिले विधान विपरित कारवाहीको हल्ला गरेको र जिल्ला समितिलाई पत्राचार गरेको वन्जाराले आरोप लगाए ।

उनले बानियाँको कम्पनीको टिपरले ओभरलोड बोक्दाको बिरोध गरेको कारण पनि यो कारबाही गरिएकोमा आक्रोश व्यक्त गरे ।

उनले पत्रकार महासंघ बागमती प्रदेशको उपाध्यक्ष तथा जिल्ला अध्यक्षकै सहभागितामा भएको बैठकले एउटा श्रमजिवि पत्रकारलाई कारवाहीको सिफारिस गर्नु दुखद भएको बताए । महासंघको पदमा बस्नेले यस्तो कार्य गर्दा त्यो संस्थाले श्रमजीवीको हितमा कसरी कार्य गर्ला भन्ने प्रश्न बन्जाराको रहेको छ ।

एउटा साधरण सदस्यलाई कारबाही गर्नको लागि केन्द्रको बैठकले अनुशासन समितिलाई सिफारिस गर्नुपर्ने प्रेस युनियनको विधानमा ब्यवस्था भएको भएपनि केन्द्रीय अध्यक्ष बद्री सिग्देलले अवैद्यानिक काम गरेको उनको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*