चौघडाकी सिमा बनिन मिस मकवानपुर
हेटौंडा । मिस मकवानपुर सिजन ३ को ग्राण्ड फिनायल विहीबार साँझ हेटौंडामा भएको छ । कलिउड सुपर डान्स एण्ड फिटनेस प्रा.लिको आयोजनामा भएको मिस मकवानपुर सिजन ३ को उपाधि हेटौंडा ६ चौघडाकी सिमा तामाङले जितेकी छिन् । विजेता टाईटल सँगै उनले चादीँको ताज सहित नगद एक लाख, संघसंस्थाको ब्राण्ड एम्ब्यासेडरका साथै दुई रात तीनको स्वेदश भ्रमण, फिटनेसका निशुल्क प्रशिक्षण सेवाका साथमा अन्य थुप्रै पुरस्कारहरु प्राप्त गरेकी छिन् ।
मिस मकवानपुर सिजन ३ सौन्दर्य प्रतियोगिताको फस्ट रनर अप विनिता चौलागाई र सेकेण्ड रनरअप प्रजिता श्रेष्ठ भएकी छिन् । उनीहरुले क्रमशः ताज सहित ५० हजार नगद सहित फोटो सुट, दुई रात तीनको स्वेदश भ्रमण र आकर्षण पुरस्कारहरु, ताज, २५ हजार नगद, फोटो सुट, दुई रात तीनको स्वेदश भ्रमण प्याकेज र अन्य पुरस्कारहरु प्राप्त गरेको आयोजक कम्पनीका अध्यक्ष सुजन श्रेष्ठले बताए ।
प्रतियोगितामा वेस्ट भ्युवर च्वाइस सुस्मिता तामाङ, अर्गनाइजेजर च्वाइस दिया गजमेर र कोरियोग्राफर च्वाइस तथा वेस्ट स्माइल सत्यदेवी माया तामाङले अवार्ड प्राप्त गरेका छन् । सुस्मिता तामाङले एन्जी एलेक्ट्रोनिक्स ग्रुपको तर्फबाट टेलिभिजन प्राप्त गरेकी छिन भने सत्यदेवी माया थिङले एटुजेड मोवाइल कम्प्लेक्सको तर्फबाट मोवाइल सेट प्राप्त गरेकी थिइन् ।
अन्तिम १८ जना प्रतियोगिता मध्येबाट टप इलाभेन छनौट गरी विभिन्न चरण पार गर्दै टप फाइभ छनौट गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको मुख्य प्रायोजकमा रोहिनी हाउजिङ एण्ड सप्लायर्स प्रा.लि, स्वस्तिक डेभ्लपर्स प्रा.लि र वरदान हाउजिङ एण्ड रियल स्टेट प्रा.लि रहेको थियो ।
प्रतियोगिताको हस्पिटालिटी पार्टनर होटल सामना रहेको थियो भने बैंकिङ पार्टनरमा ज्योति विकास बैंक रहेको आयोजकले जनाएको छ । प्रतियोगिताको अफिसियल फोटोग्राफर पार्टनर हेटौंडाको वियुनिक स्टुडियो रहेको थियो ।
प्रतियोगिताको मुख्य निर्णायक मिस युनिभर्सर नेपालका सेकेण्ड रनर अप रक्षा उप्रेती रहेकी थिइन भने अन्य निर्णायकहरुमा नायक विनोद न्यौपाने, चलचित्र निर्माता कृषा चौलागाई र नायिका सरिता गिरी रहेका थिए । सिधाखबरबाट ।