पहाडैपहाड भएको देशमा भ्यु–टावर बनाउने कुरा हावादारी : बाबुराम भट्टराई
काठमाण्डाै । जनता समाजबादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले नेताहरूले पहाडैपहाड भएको देशमा भ्यु–टावर बनाउने कुरा हावादारी भएको बताएका छन् । पूर्बप्रधानमन्त्री समेत रहेका भट्टराईले त्यसलाई सच्याएर अघि बढ्न इन्जिनियरहरूलाई आग्रह गर्नुभएकाे छ ।
शुक्रवार नेपाल इन्जिनियर्स एसाेसिएशनले काठमाण्डाैमा आयाेजना गरेको कार्यक्रममा पूर्बप्रधानमन्त्री भट्टराईले त्यसलाई सच्याएर अघि बढ्न इन्जिनियरहरूलाई आग्रह गर्नुभएकाे छ । नेता भट्टराईले नेपालमा विकास, निर्माणलाई अघि बढ्नै नदिने खालका सोचहरू आइरहेको भन्दै चिन्तासमेत व्यक्त गर्नुभयो । दक्षिण एसियाली देशहरू प्राविधिकहरूको नेतृत्वमा विकास र समृद्धिको दिशामा अघि बढेको उल्लेख गर्दै नेपालले पनि त्यसबाट सिकेर अघि बढ्नुपर्ने आवश्यक्ता औँल्याउनुभयो ।
पहाड आफैँ भ्युटावर हाे, त्यहाँ भ्युटावर किन चाहियाे ? भनेर डाक्टर भट्टराईले साधन स्राेतकाे दुरुपयाेग, जनता पनि कुरै नबुझी विकास भनेकाे भ्युटावर नै हाे रहेछ भन्ठान्छन् अनि एउटा भ्युटावर बनाइदिनुपर्याे भन्छन् । नेताहरूले यस्ताे हावादारी कुरा गर्ने हाे ? नेताले सही कुरा जनतालाई बुझाउन पर्दैन ?’ भने ।