कांग्रेसतर्फबाट बनेका ३ मन्त्री र ३ राज्यमन्त्रीले लिए सपथ

निरन्तर न्यूज
९ पुष २०७८, शुक्रबार १९:३९

हेटौंडा । बागमती प्रदेशमा ३ मन्त्री र ३ राज्यमन्त्री थपिएका छन् ।मूख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले शुक्रबार कांग्रेसको तर्फबाट ३ मन्त्री र ३ राज्यमन्त्री थपेर मन्त्री परिषद विस्तार गरेका हुन् ।

नव नियुक्त उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठ, संस्कृति तथा पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम पौडेल, भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजा, स्वास्थ्य राज्यमन्त्री कल्पना नेपाली, उद्योग, बाणिज्य तथा आपूर्ति राज्यमन्त्री रजनी अमात्य जोन्छेलाई क्रमश  प्रदेश प्रमुख यादवचन्द्र शर्मा र मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले राज्यमन्त्रीलाई सपथ ग्रहण गराएका छन् ।यो संगै बागमती प्रदेशमा मूख्यमन्त्री, १३ मन्त्री र ४ राज्यमन्त्री भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*