चेपाङ समुदायको पहिलो मन्त्री बने सन्तबहादुर

निरन्तर न्यूज
९ पुष २०७८, शुक्रबार १९:३२

हेटौंडा ।


मुलुकमै पहिलो पटक चेपाङ समुदायबाट वाग्मती प्रदेश सरकारमा सन्तबहादुर चेपाङ राज्यमन्त्री बनेका छन् । मकवानपुरको राक्सिराङ गाउँपालिका—७ धिराङका चेपाङलाई शुक्रबार वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले भौतिक पूर्वाधार राज्यमन्त्रीमा नियुक्त गरेका हुन् । धिराङ मकवानपुरको अत्यन्त विकट बस्ती हो ।

सन्तबहादुर नेपाली कांग्रेसबाट समानुपातिकमा प्रदेशसभा सदस्यमा चुनिएका थिए । नवनियुक्त राज्यमन्त्री चेपाङको शपथग्रहण पनि भइसकेको छ । शपथ लिएपश्चात् राज्यमन्त्री चेपाङले चेपाङ समुदायबाटै पहिलो मन्त्री बन्न पाएकोमा पार्टी र सरकारप्रति आभार प्रकट गरे ।सिंगो चेपाङ समुदायको निम्ति आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै भने,‘सरकारले घरभाडाबापत दिने पैसावाट चेपाङहरुको स्वास्थ्य बिमा गरिदिन्छु ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*