माओवादी केन्द्रको बागमती प्रदेश अध्यक्षमा सरल सहयात्री, उपाध्यक्षमा मकवानपुरका छिन्तु बिजयी

निरन्तर न्यूज
६ पुष २०७८, मंगलवार १०:३६

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को बागमती प्रदेश कमिटीको अध्यक्षमा सिन्धुपाल्चोकका सरल सहयात्री पौडेल विजयी भएका छन् ।

काभ्रेपलान्चोकका दीननाथ गौतम (प्रयास)लाई पराजित गर्दै सरल अध्यक्षमा निर्वाचित भएका हुन् । पौडेलले १६२ मत ल्याए भने गौतमले ८६ मतमात्रै पाएका थिए ।

त्यस्तै उपाध्यक्षमा मकवानपुरका प्रेम बहादुर पुलामी (छिन्तु) बिजयी भएका छन् । माओवादी केन्द्र मकवानपुरका अध्यक्ष समेत रहेका पुलामीसँगै रुपा महर्जन र राम प्रसाद ढुंगाना निर्वाचित भएका छन् ।

त्यस्तै सचीवमा इन्द्र बहादुर थिङ, सहसचिवमा दलबहादुर बुर्लाकोटी, माधव प्रसाद लामिछाने र प्रकाश श्रेष्ठ निर्वाचित भएका छन् । कोषाध्यक्षमा संगीता भट्टराई निर्वाचित भएकि छिन् ।

कस्ले कति कति म पाए सुची हेर्नुहोस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*