आज संसद बैठक बस्दै, बाहिर कडा सुरक्षा

निरन्तर न्यूज
६ पुष २०७८, मंगलवार १०:१८

काठमाडौं। अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्बन्धी सम्झौता संसदबाट पारित हुने आंकलन भइरहेको बेलामा संसद भवन बाहिर सुरक्षा व्यवस्था कडा बनाइएको छ।

प्रतिनिधिसभा बैठक आज बस्ने तयारी भइरहँदा सुरक्षा निकायलाई चनाखो रहन निर्देशन दिइएको छ। यसअघिको संसद बैठक बसेको दिन संसद भवनअघि प्रदर्शन भएको थियो। आज पनि प्रदर्शन हुनसक्ने भन्दै सुरक्षा व्यवस्था कडा बनाइएको हो।

बैठक आज दिउँसो १ बजे बस्ने सूचना जारी गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*