सातौं हेटौंडा भेट्रान्सको उपाधी पोखराको कब्जामा

निरन्तर न्यूज
३ पुष २०७८, शनिबार २१:२६

हेटौंडा । हेटौंडा-५ को क्याम्पाचौर सम्पन्न सातौं हेटौंडा भेट्रान्स कप प्रतियोगिताको उपाधि एबिसि भेट्रान्स पोखराले हात पारेको छ ।

नागस्वती भेट्रान्स हेटौंडालाई २-१ गोल अन्तरले पराजित गर्दै एबिसि पोखराले उपाधि हात पारेको हो ।

खेलको निर्धारित समयको सातौं मिनेटमा पोखराको तर्फबाट हरि खड्काले पहिलो गोल गरेका थिए । खेलको १७ मिनेटमा नागस्वती भेट्रान्सका नरेन लिम्बुले गोल फर्काएर खेल बराबरीमा पु¥याएका थिए । विजेता र उपविजेता टोलीलाई हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत र हेटौंडा भेट्रान्स क्लबका अध्यक्ष दीपक बज्रचार्यले पुरस्कार प्रदान गरेका थिए ।

पहिलो हाफमा बराबरी खेलेता पनि खेलको दोस्रो हाफको २७ औं मिनेटमा पोखराको तर्फबाट नरेन्द्रजंग गुरुङले एक गोल थपेपछि पोखरा भेट्रान्सले उपाधि चुम्न सफल भएको हो । खेलको म्यान अफ द म्याच पोखराका नरेन्द्रजंग गुरुङ भएका थिए ।

विजेता पोखराले ट्रफि सँगै एक लाख एघार हजार १११ रुपैयाँ प्रमाणपत्र र मेडल प्राप्त गरेको छ भने उपविजेता नागस्वती भेट्रान्सले ट्रफि सँगै ५५ हजार ५५५ रुपैया, प्रमाणपत्र र मेडल प्राप्त गरेको छ ।

खेलमा विभिन्न विधामामा खेलाडीलाई पुरस्कार वितरण समेत गरिएको थियो । खेलको उत्कृष्ट गोल किपर पोखराका सुर्य शर्मा, प्रशिक्षक पोखराकै सुरज गुरुङ, मिड फिल्डर पोखराकै महेन्द्र गुरुङ, सर्वोत्कृष्ट खेलाडी पोखराकै विश्वराज श्रेष्ठ घोषित हुँदा उत्कृष्ट फरवार्ड नागस्वतीका निमा लामा, डिफेन्डर नागस्वतीका मिलन राई घोषित भए । उनिहरुले ट्रफि र जनही नगद पाँचपाँच हजार प्राप्त गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*